September 23, 2013
प्रथम वार्षिक साधारण सभा सम्पन्न
(प्रेस विज्ञप्ती)
निजि लगानीमा पूर्वाधारहरुको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्य राखी उद्योगी/व्यवसायी, प्राविधिज्ञ, निर्माण व्यवसायी, स्थानीय जनता तथा निकायबाट नेपाल पूर्वाधार विकास कम्पनी लि. स्थापना गरिएको थियो र सो कम्पनीले हिजो मिति २०७०-०६-०७ मा आफ्नो प्रथम वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।
उक्त साधारण सभाको सर्बसम्मत निर्णयबाट कुशकुमार जोशी, जयराम लामिछाने, प्रदिपजंग पाण्डे, सुकुन्तलाल हिराचन र सुभास चन्द्र ठकुरी रहनु भएको पाँच जना सञ्चालक समितिका सदस्यहरु निर्वाचित हुनु भएको छ । उक्त नवनिर्वाचित सञ्चालक समितिको तत्काल सम्पन्न बैठकबाट सर्बसम्मतिले सञ्चालक समतिको अध्यक्षमा कुशकुमार जोशी निर्वाचित हुनुभएको छ । सोही समितिको हिजो कै मितिमा बसेको बैठकले संचालक समितिको अन्य रिक्त सदस्यहरुमा सिद्धिलाल श्रेष्ठ, मोहन बस्नेत र राजुमान महर्जनलाई नियुक्त गरेको छ । त्यसै गरी स्वतन्त्र सञ्चालकहरुमा ई. लाल कृष्ण के. सी. र नुगल आनन्द बैद्यलाई मनोनयन गरेको छ भने सोही बैठकले लाल कृष्ण के. सी. लाई उपाध्यक्षमा मनोनयन गरेको छ । त्यसैगरी साधारण सभाले काठमाण्डौ – कुलेखानी – हेटौडा – सुरुङ्गमार्ग परियोजनामा सहभागी हुन चाहने बढी भन्दा बढी लागनीकर्तालाई व्यक्तिगत तथा समुहगत रुपमा समाबेस गराउन सहज हुने गरि निती बनाउने निर्णय समेत गरेको छ ।
सञ्चालक समितिले कम्पनीले अघिसारेको सर्वाधिक चासो एवं महत्वको काठमाण्डौ–कुलेखानी–हेटौडा–सुरुङ्गमार्ग निर्माण कार्यको शुभारम्भको मिति तय गरिएको छ । हरेक दृष्टिकोणले यहि आउदो २०७० कार्तिक २५ गते सोमबारका दिनलाई उपयुक्त ठानी त्यसै दिन निर्माण कार्यको शुभारम्भ गर्ने निर्णय गरिएको छ । उक्त दिनबाट यो मार्गको निर्माण कार्य सुरुवात भई निरन्तर रुपममा अगाडी बढ्ने र निर्धारित समयमा नै सम्पन्न गर्ने निर्णय समेत गरिएको छ ।
नवनिर्वाचित संचालक समितिका तर्फबाट कम्पनीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्ने निवर्तमान संचालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका कर्मचारीहरु, निर्माण ब्यवसायीहरु, प्राविधिकहरु, स्थानीय जनता एवं निकायहरु, राष्ट्रप्रेमी जनसमुदाय, सम्पूर्ण राजनीतिकदलका कार्यकर्ताहरु, नेपाल सरकार तथा सञ्चार जगत एवं सरोकार राख्नुहुने सम्पुर्ण पक्षबाट प्राप्त सहयोग, समर्थन एवं सद्भावको लागि हार्दिक आभार व्यक्त, गर्दै निरन्तर सहयोग एवं सद्भावको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्दछौ।
धन्यवाद
कुशकुमार जोशी
अध्यक्ष
नेपाल पूर्वाधार विकास कम्पनी लि.
मिति : २०७०-६-८