Nomination of Board of Director on behalf of TBI Holding Company Ltd.

June 6, 2014


टीबीआई होल्डिङ्स क. लिमिटेडका तर्फबाट संचालकहरु मनोनित

काठमाडौ – कुलेखानी – हेटौडा सुरुङ्गमार्ग निर्माणको अगुवाई गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको १ अर्ब रुपैया बराबरको शेयर खरिद गरेको टिबीआई होल्डिङ्स कम्पनी लिमिटेड जापानका तर्फबाट उक्त कम्पनीका अध्यक्ष र सोही कम्पनीका कार्यकारी प्रमुख यस कम्पनीको संचालक समिति सदस्य पदमा मनोनित हुनु भएको छ । नेपाल पूर्बाधार विकास कम्पनीको मिति २०७१।०३।२२ गते वसेको संचालक समितिको बैठकले उहाहरुलाई विधिवत स्वागत गरेको छ ।

टिबीआई होल्डिङ्स कम्पनी जापानमा बसेर व्यवसाय गरिरहेका सफल तथा युवा ब्यवसायी भवन भट्टको स्वामित्वमा रहेको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ । विदेशमा बसेर आफ्ना लागि धेरै गरीसकेको र आफ्नो जन्मभूमिका लागि पनि केही गर्नु पर्छ भन्ने भावनाले यो परियोजनामा लगानी गरेको बताउदै यसको सफलताका लागि कुनै पनि कसर बाकी नछोड्ने र कुनै पनि हालतमा सफल बनाउनेमा आफु कटिवद्ध रहने कुरामा जोड दिनु भएको छ । निर्माण सञ्चालन स्वामित्व र हस्तान्तरण (BOT) अन्तर्गत निर्माण गरिने राष्ट्रिय गौरवको यस परियोजना अघि बढाउन गैर आवासीय नेपालीहरुसंगको यो सार्थक साझेदारीलाई नेपाल पूर्वाधार विकास कम्पनीले निकै महत्वपूर्ण ठानेको छ । यो सुरुङ्गमार्ग  मुलुककै प्राथमिकताप्राप्त परियोजना हो भने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको पनि पहिलो तथा प्रमुख महत्वको योजना हो । निरन्तर प्रयासलाई विश्वास गर्दै यस कम्पनीलाई सरकारले दिएको जिम्मेवारी पूरा गर्न कम्पनी सधैं लागि परेको कुरामा जोड दिदै कम्पनीका अध्यक्ष कुश कुमार जोशीले नेपालको आर्थिक क्षेत्र तथा पूर्वाधार संरचनाहरुलाई नै परिवर्तन गरेर मुलुकको समृद्धिको दिशामा कोशे ढुंगा सावित हुने यस परियोजनाले संलग्न हुनु भएकोमा संचलकद्वय श्री भट्ट र श्री न्यौपानेलाई हार्दिक बधाई दिदै कम्पनीको संचालकमा स्वागत गर्ने अवसर दिनु भएकोमा धन्यवाद गर्नु भएको छ ।